जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ९५ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार २४६ जना पुगेको छ ।
शुक्रबार सबैभन्दा बढी रौतहटमा ३५,धनुषामा १० ,सिरहामा ९,बारामा ६, महोत्तरीमा १, पर्सामा १२, सर्लाहीमा १३ र सप्तरीमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका २४३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ७ हजार ४५६ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पर्सा जिल्लाको पोखरीया न.पा.-१ बन्कटवा टोलका एक ७७ पुरुषको मृत्यु भएको छ।प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २५ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४३ जना, बारामा १८, धनुषामा १५, महोत्तरीमा १३, सिरहामा १२, सप्तरीमा १२, रौतहटमा ६, सर्लाहीमा ५ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
Discussion about this post