जनकपुरधाम । शुक्रबार जनकपुरधाममा एक जना नवजात शिशुको शव फेला परेको छ ।शुक्रबार बिहान जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ स्थित विश्वकर्मा मन्दिर नजिक नवजात शिशु बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रका अनुसार शिशुको हात र खुट्टा कुकुरले खाइसकेको अवस्थामा शव फेला परेको हो । नाभी लागेकै अवस्थामा शिशुको शव भेटाएपछि बच्चा कसैले फालेर भागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । छोरा रहेको ती बच्चालाई कसले र किन फालिएको हो भनेर अनुसन्धान सुरु भइरहेको छ । अवैद्य सम्बन्धका कारण बच्चा जन्मिएपछि फालिएको हुन सक्ने अनुमान समेत गरिएको छ ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post