जनकपुरधाम।जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र महतोले जनकपुरधाम उपमहानगरलाई दुई पानी वटा ट्याङ्कर प्रदान गरेका छन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट उनले उपमहानगरपालिकालाई उक्त पानी ट्याङ्कर खरिद गरी जनकपुरधाम उपमहानगरलाई प्रदान गरेका हुन् ।सांसद महतोका स्वकिय सचिव किशोर गुरुले दिएको जानकारी अनुसार ‘सुन्दर जनकपुरधाम’ नारालाई सार्थकता बनाउने उदेश्यले पानी ट्याङकर प्रदान गरिएको हो।
उनका अनुसार मेलाहरु र सडकमा जमेको धुलो सफा गर्न, आगो निभाउने दमकलको ब्याकअपको रुपमा प्रयोग गर्ने उदेश्यले ट्याङ्कर प्रदान गरिएको छ ।
Discussion about this post