जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ४३ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार १०८ जना पुगेको छ ।
बिहीबार सबैभन्दा बढी पर्सामा १४,धनुषामा ५ ,सिरहामा ५,बारामा ५, महोत्तरीमा २,सर्लाहीमा २ र सप्तरीमा १० जना कोरोना संक्रमित थप पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका २७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ७ हजार २०९ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरी राजबिराज न.पा.का एक ६६ पुरुषको मृत्यु भएको छ।प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २४ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४२ जना, बारामा १८, धनुषामा १५, महोत्तरीमा १३, सिरहामा १२, सप्तरीमा १२, रौतहटमा ६, सर्लाहीमा ५ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post