जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ४९ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार ७१ जना पुगेको छ ।
मंगलवार सबैभन्दा बढी सिरहामा ४० जना, धनुषामा ६ जना,सप्तरी १ जना, पर्सा १ जना, रौतहटमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका २६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ७ हजार ११९ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार कसैको मृत्यु भएको छैन। प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २२ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४२ जना, बारामा १८, धनुषामा १५, महोत्तरीमा १३, सिरहामा १३, सप्तरीमा ९, रौतहटमा ६, सर्लाहीमा ५ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
![](https://sajilopost.com/wp-content/uploads/2020/09/jankari.jpg)
![](https://sajilopost.com/wp-content/uploads/2020/09/jankari-1.jpg)
Discussion about this post