जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ७६ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार २२ जना पुगेको छ ।
सोमबार सबैभन्दा बढी रौतहटमा २६, महोत्तरीमा १४,सर्लाहीमा ७, बारामा १, पर्सामा १ र सप्तरीमा २४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै २ वीरगन्जमा भएको कोरोना परीक्षणमा दुई भारतीय नागरिक समेत संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका ४९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ७ हजार ९३ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीको विष्णुपुर गाउँपालिका ४ की ६२ वर्षीया महिला र विष्णुपुर गाउँपालिका १ पर्साहीका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वासथ्य निर्देशनालयले जनाएको छ ।यो संगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४२ जना, बारामा १८, धनुषामा १५, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ११, रौतहटमा ६, सर्लाहीमा ५ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post