सप्तरी।सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ की ६२ बर्षीया महिलाको कोरोना संक्रमण बाट मृत्यु भएको छ। मै मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार उनलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज २ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।भर्ना गर्ने बितिकै उनको स्वाब संकलन गरिएको थियो ।
आइतबार दिउँसो उनको रिपोर्ट पोजेटिभ आएपछि एम्बुलेन्समार्फत् उनलाई राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमा पठाइएको थियो ।आइसोलेसन केन्द्रमा उनको आइतबार साँझ ६ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।
Discussion about this post