जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ८२ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १२ हजार ९ सय ४६ जना पुगेको छ ।
आइतबार सबैभन्दा बढी रौतहटमा २६, सिरहामा १८, सर्लाहीमा ८, पर्सामा १२ र सप्तरीमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका ३४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ७ हजार ४४ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार बाराको कलैया उपमहानगरपालिका—१३ बलिराम टोलका ६५ वर्षीय, रौतहटको गौर नगरपालिका—१ का ६१ वर्षीय पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका—४ विर्ताका ६८ वर्षीय पुरुष र वडा नम्बर ६ रेशमकोठीका ८८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको स्वासथ्य निर्देशनालयले जनाएको छ ।यो संगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४२ जना, बारामा १८, धनुषामा १५, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ९, रौतहटमा ६, सर्लाहीमा ५ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post