काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा छन् ।
पछिल्लो २४ घण्टामा थप ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४६ हजार २३३ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ ।
Discussion about this post