जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १३२ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १२ हजार ८ सय ६४ जना पुगेको छ ।
शनिबार सबैभन्दा बढी बारामा १११, धनुषामा २, महोत्तरीमा १, पर्सामा ६, सर्लाहीमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका ९४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ७ हजार १० जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आज सर्लाही हरिपुर वार्ड न.-९ का ५५ वार्षिय पुरुषको मृत्यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १६ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४० जना, बारामा १७, धनुषामा १५, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ९, रौतहटमा ५, सर्लाहीमा ५ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post