जनकपुर।नेपालले खरिद गरेको जयनगर-जनकपुर चल्ने रेल जनकपुर आइपुगेको छ। आज दिउँसो ट्रेन सेट जनकपुर आइपुगेको हो।भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको नयाँ दुईसेट रेल जनकपुरधाम आइपुगेको हो । रेल हेर्न जनकपुर स्टेशनमा सर्वसधारणको भिड लागेको छ। रेल आउना साथ रेलसँगै फोटो लिन मान्छेहरुको भिड लागेको छ।आइतवार विहानै ११ बजे जनकपुरधाम आउने हल्ला चलेको रेल दिउँसो करिव डेढ बजे जनकपुरधाम आइपुगेको हो । तिन घण्टा सम्म प्रतिक्षारत सर्वसधारणको भिड रेलको हर्न सुन्ने वितिकै हौसिए । रेल हेर्न जनकपुरधाम स्टेशनमा जम्मा भएको भिडले तालीको गडगडाहटले रेलको स्वागत गरे ।
कोकण रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको उक्त दुईसेट रेल निर्माण कम्पनीले रेल विभाग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडका अधिकारीलाई हस्तान्तरण गरेको हो ।
रेल विभागले भारतीय कोकन रेल्वे कर्पोरेशनसंग सम्झौता गरेको थियो । भ्याटसहित ८३ करोड ९३ लाख ६० हजारमा दुईसेट रेल खरिद गरेको विभागले जनाएको छ ।एकपटकमा १३ सय यात्री बोक्ने क्षमता रहेको एउटा रेल सेट प्रतिघण्टा १ सय १० किलोमिटर यात्रा तय गर्ने छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रमा कोकन रेल्वे अर्पोरेशन लिमिटेडका मेक्यानिकल चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई दुबै रेल सेट हस्तान्तरण गरेका हुन् ।
रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले डेढ महिनाभित्रै रेल संचालनमा ल्याउने दावी गरे । तर कोरोनाको यस्तै अवस्था रह्यो भने रेल संचालना ल्याउन सकिदैन ।’
उनका अनुसार कर्मचारी भर्ना प्रक्रिया सुरु भइसकेको छ । तत्कालका लागि चालकसहित केहि प्राविधिक भारतबाटै आउँछन् । नेपालमा चालक र प्राविधिक तयार भइसकेपछि उनीहरु फिर्ता हुन्छन् । रेल संचालनका लागि ट्रयाक भने तयार अवस्थामा छ ।
जनकपुरधाम आएको रेल आज जनकपुरधाममै राखिने र भोली देखि सञ्चालन नहोउन्जेल सम्म भारतको जयनगर स्थित नेपाली स्टेशनमा राखिने बताइएको छ ।
हेर्नुहोस तस्वीर




Discussion about this post