जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप २५१ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १२ हजार ६ सय ४ जना पुगेको छ ।
बिहिवार सबैभन्दा बढी सप्तरीमा ४९, पर्सामा १७, धनुषामा १४, सिरहामा १२, बारामा ९, रौतहटमा ७, सर्लाहीमा ५ र महोत्तरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका ५२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका १, महोत्तरीका २ र पर्साका ४९ जना छन् ।यससँगै ६ हजार ८ सय ५० जना डिस्चार्ज भएका छन् । हालसम्म सप्तरीका ७ सय ३८, सिरहाका ३ सय ९३, धनुषाका ९ सय ९३, महोत्तरीका ४ सय ९७, सर्लाहीका ७ सय ६८, रौतहटका ८ सय ७९, बाराका ८ सय ६३ र पर्साका १ हजार ७ सय १९ गरि ६ हजार ८ सय ५० जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छैन । कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १३ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४० जना, बारामा १७, धनुषामा १३, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ९, रौतहटमा ५, सर्लाहीमा ४ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
Discussion about this post