जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप २५१ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १२ हजार २ सय १४ जना पुगेको छ ।
मंगलबार सबैभन्दा बढी सिरहामा १ सय ४८ कैदी सहित १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यस्तै सप्तरीमा ४३, रौतहटमा २३, महोत्तरीमा ७, बारा ४ जना, धनुषामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।
त्यस्तै मंगलबार प्रदेशमा १ सय ८१ जना कोरोना मुक्त भएका छन् । ६ महिला र १ सय ७५ पुरुष निको भएसँगै निको हुनेको संख्या ६ हजार ५ सय ८३ पुगेको छ ।
पर्सामा १ सय ६९ जना, बारामा ८ र धनुषामा ४ जना कोरोना मुक्त भएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । बारा जिल्लाको डुमरवाना नगरपालिका वडा नं.१४ की ५५ वर्षीय महिलाको मृत्यु भएको छ।यस सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १२ पुगेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४० जना, बारामा १७, धनुषामा १३, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ८, रौतहटमा ५, सर्लाहीमा ४ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
Discussion about this post