जनकपुरधाम । सिराहाको कर्जन्हा नगरपालिका वडानम्बर २ बन्दीपुर निवासी ३५ वर्षीया महिलाको कोरोना संक्रमण बाट जनकपुरधाममा मृत्यु भएको छ ।
ज्वरोसँगै साँस फेर्न कठिनाई भएकी महिलालाई चार दिनअघि जनकपुरधामस्थित काव्य हस्पिटलमा भर्ना गरिएको थियो । भर्ना गरेकै समयमा स्वाब संकलन गर्दा आइतबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारै प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई आईसीयुमा राखेर उपचार गरिरहेकै समयमा आइतबार साँझ उनको मृत्यु भएको धनुषाका कोभिड-१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।डा. सिंहका अनुसार ती महिलामा निमोनिया देखिएको थियो
Discussion about this post