एजेन्सी।भारतका गृहमन्त्री अमित शाहलाई स्वास्थ्यमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।
गत महिना कोरोना भाइरसबाट संक्रमित भएपछि दिल्लीको गुरुग्रामस्थित एक प्राइभेट अस्पतालमा उनको उपचार भएको थियो ।संक्रमणमुक्त भएपछि उनलाइ गत ३१ अगष्टका दिर्न डिस्चार्ज गरिएको थियो ।
गृहमन्त्री अमित शाह स्वासप्रस्वासमा समस्या देखिएपछि नयाँ दिल्लीस्थित एम्स अस्पतालमा शनिबार राति ११ बजेतिर पुनः भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
५५ वर्षका भाजपा नेता शाह अगस्ट दुईमा कोरोना संक्रमित रहेको पुष्टि भएको थियो । अगस्ट १४ मा ट्वीट गरेर डाक्टरको सल्लाह अनुसार थप केही दिन होम आइसोलेशनमा बस्ने जानकारी दिएका थिए ।














Discussion about this post