जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १३२ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या ११ हजार ८ सय ४५ जना पुगेको छ ।
आज पछिल्लो २४ घण्टामा प्रदेश २ मा आज सबैभन्दा बढी सबभन्दा बढी सर्लाहीमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यस्तै सप्तरीमा १६, बारामा १४, पर्सामा ९, महोत्तरीमा ७, सिरहामा ५ र धनुषामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज यस प्रदेशमा ४२ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन् ।आज ७ महिला र ३५ पुरुष कोरोना मुक्त भएर आफ्नो घर फर्केका वरिष्ठ प्रशासक झाले बताए ।
यस सँगै यस प्रदेशमा निको हुनेको संख्या ६ हजार ३ सय ११ पुगेको छ । ७ सय १२ महिला र ५ हजार ५ सय ९९ पुरुष अहिले सम्म कोरोना मुक्त भएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा कसैको मृत्यु नभएकोले यस प्रदेशमा मृत्युको संख्या १०८ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३९ जना, बारामा १६, धनुषामा १३, महोत्तरीमा १२, सिरहामा १०, सप्तरीमा ८, रौतहटमा ५, सर्लाहीमा ४ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
Discussion about this post