सिरहा।सिरहामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भदौ २७ देखि असोज १० गते राती १२ बजे सम्म निषेधाज्ञा लम्बियाईएको छ।शुक्रबार बसेको जिल्ला सुरुक्षा समितिको बैठकको निर्णय अनुसार असोज १० गते राति १२ बजे सम्मका लागि बढाइएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिएका छ्न।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभरी निषेधाज्ञाको समयअवधि थपिएको प्रजिअ प्रदिपराज कणेलले जानकारी दिए ।
सिरहा जिल्लाभर अत्यावश्यक पसलहरु विहान ५ बजेदेखि अपरान्ह ३ बजेसम्म खोल्न पाइने निर्णय गरिएको छ । यस्तै होम डिलेभरी दिने सर्तमा होटल तथा रेष्टुरेन्टलाई साँझ ७ बजेसम्म खोल्न दिने बताइएको छ ।
निषेधाज्ञाको अवधिमा भने सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट गर्न प्रतिबन्ध लगाएको छ । निषेधाज्ञाको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।
Discussion about this post