nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्रीमान्–श्रीमतीमा कुनैपनि किसिमको प्रतिस्पर्धा हुनुपर्छ त? श्रीमती महत्वकांक्षी हुनु समस्या हो ?

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २७, २०७७, १०:०१ बिहान
श्रीमान्–श्रीमतीमा कुनैपनि किसिमको प्रतिस्पर्धा हुनुपर्छ त? श्रीमती महत्वकांक्षी हुनु समस्या हो ?

एक नवजवान युवको सपना छ, पाश्र्व गायक बन्ने । यसैका लागि उनले निकै संघर्ष पनि गरेका छन् । संगीतमा उनको लगाव मात्र छैन, उत्तिकै कठोर मेहनत पनि ।

उनको विवाह त्यही युवतीसँग हुन्छ, जो शास्त्रिय गायनमा रुची राख्छे । उनी आफैमा प्रतिभाशाली छिन् र परिश्रमी पनि । दुबै दम्पतीको रुची यहाँ मिलेको छ । अर्थात श्रीमान–श्रीमतीले एउटै बाटो रोजेका छन्, गायन ।

तर, समान सपना लिएर एउटै बाटोमा हिँडिरहेका उनीहरु एकाकार हुन सक्दैनन् । श्रीमानको आकंक्षा छ, जीवनसंगीले घर सम्हाल्नेछिन् । घरव्यवहार, धन्दा, बालबच्चा र आफ्नो विशेष ख्याल राख्नेछन् । त्यसपछि आफुले संगीतमा अरु बढी समय दिन सकिनेछ र अपेक्षाकृत सफलता मिल्नेछ ।

श्रीमानको सपनामै आफुलाई विलय गराउन तयार छिन् त उनकी श्रीमती ? पक्कै छैनन् । विवाह गर्दैमा उनी आफ्नो करियरलाई विट मार्ने पक्षमा छैनन् । उनी घर–परिवारसँगै समानन्तर रुपमा आफ्नो करियरलाई अघि बढाउन चाहन्छिन् । यही विन्दुबाट श्रीमान र श्रीमतीबीच खटपट हुन्छ ।

समयक्रममा श्रीमती चर्चित गायिका बन्न पुग्छे । उनी सेलिब्रेटी कहलिन्छन् । तर, श्रीमान् ? उनी अझै संघर्षरत नै छन् । करियरको सन्दर्भमा उनलाई आफ्नै श्रीमतीले चार कदम पछाडि छाडिसकेकी छिन् । यसले उनीहरुमा एक किसिमको प्रतिस्पर्धाको भाव मात्र होइन, इष्र्या समेत पैदा गरिएको छ । नतिजा, एक छोराको अभिभावक समेत भइसकेका उनीहरु एकअर्कादेखि अलग हुने निर्णमा पुग्छन् ।

सन् १९९५ मा प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘अकेले हम अकेले तुम’को कथासार हो यो । तर, यही कथा हाम्रो समाजको यर्थाथ पनि हो । यस्ता कति दम्पती छन्, जसलाई एकअर्काको महत्वकांक्षाले अलग गराइदिएको छ ।

हाम्रै समाजको पुरातन धारणा के छ भने, महिलाहरुले घर-गृहस्थी सम्हाल्नुपर्छ । उनीहरुले चुल्होचौका सम्हाल्नुपर्छ । छोराछोरी स्यहारसुसार गर्नुपर्छ ।

यस्तो अवस्थामा महिलाले घरको संघार नाघेर बाहिर आउनुलाई ‘बिद्रोह’ भन्ने गरिन्छ । कतिपय परिवारका लागि यो अशोभनिय मानिन्छ । तर, महिलाहरुले सधै आफुलाई खुम्चाएर राख्न सक्दैनन् । उनीहरुले आफ्ना इच्छा–आकंक्षालाई गुम्साएर राख्न सक्दैनन् । उनीहरु घरको परिधीबाट बाहिर जान खोज्छन् । यस्तो अवस्थामा पनि श्रीमान् र श्रीमतीबीच कतिपय मतभेद हुनसक्छ । त्यही मतभेदले क्रमस सम्बन्धमा चिसो ल्याउन थाल्छ ।

कतिपय श्रीमतीमा उच्च महत्वकांक्षा हुन्छ । उनीहरु आफ्नो करियर, नेम र फेमका लागि पनि परिवारको परिधीबाट बाहिर आउन खोज्छन् । यस्तो अवस्थामा पनि श्रीमान् र श्रीमतीबीच तालमेल मिल्दैन ।

श्रीमती महत्वकांक्षी हुनु समस्या हो ?

प्रश्न जटिल छ । किनभने हामीकहाँ श्रीमतीले घर-परिवार सम्हाल्नुपर्ने दायित्व हुन्छ । खाना पकाउने, बालबच्चाको हेरचाह गर्ने, सासु–ससुराको ख्याल गर्ने जस्ता यावत् काम श्रीमतीले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । यसरी घरभित्रको काम श्रीमतीले सम्हालेपछि घर-व्यवहारको वा बाहिरको कामको जिम्मेवारी श्रीमान्ले लिन्छन् । यस किसिमको तालमेलले परिवारमा सुख छाउँछ । दाम्पत्य सम्बन्धमा तालमेल मिल्छ ।

तर, महिला अर्थात श्रीमतीले घर-धन्दामै आफुलाई सीमित गर्नुपर्छ भन्ने जुन धारणा छ, त्यसले पनि समस्या पैदा गर्न सक्छ । किनभने श्रीमतीको महत्वकांक्षा आफैमा समस्या होइन । समस्या चाहि के हो भने, श्रीमानले त्यसलाई उचित व्यवस्थापन गर्न नसक्नु ।

तर, के आफ्ना श्रीमतीको महत्वकांक्षा पुरा गराउने बाटोमा श्रीमानले सहयोग गर्न सक्छन् ? यसको जवाफ नकारात्मक आउन सक्छ । किनभने पुरुषमा आफ्नै अभिमान हुन्छ । अहंम हुन्छ । अक्सर श्रीमान चाहन्छन् कि, श्रीमती आफुभन्दा अगाडि बढ्न सकोस् । उनीहरुले अलग पहिचान बनायोस् र लोकप्रिय होस् ।

अब श्रीमती पनि श्रीमान्को इच्छा अनुसार आफुलाई खुम्चाएर बस्न तयार हुँदैनन् । उनीहरु आफ्नो आकंक्षा पुरा गर्नका लागि जस्तोसुकै अडान लिन पछि पर्दैनन् । यता श्रीमान् पनि आफ्नो अडानबाट पछाडि हट्दैनन् ।

हो, यही मोडमा आइपुगेपछि दुबैले लिने निर्णय हो, अलग हुने ।

यसको सोझो अर्थ के भने, श्रीमान् र श्रीमतीको अहंम्, अडान, आकंक्षाले उनीहरुमा फाटो ल्याउँछ । दाम्पत्य सम्बन्ध टुट्न पुग्छ ।

श्रीमान् र श्रीमतीका आ-आफ्नै इच्छा, आकंक्षा, चाहना हुन्छन् । तर, उनीहरुको लागि सर्वोपरी भनेका आफ्ना परिवार हुन्, जो उनीहरुले रचना गरेका हुन्छन् । उनीहरु छोराछोरी, आमाबुवा, सासुससुरासँग अभिन्न रुपले जोडिएका हुन्छन् । यस्तो अवस्थामा उनीहरुले जुन पारिवारिक संरचना बनाएका हुन्छन्, त्यसलाई जोडेर राख्नु दुबैको दायित्व हो ।

केही कुरा

– श्रीमान्–श्रीमतीमा कुनैपनि किसिमको प्रतिस्पर्धा गृहस्थी र दाम्पत्य दुबैका लागि सुखद हुँदैन, यसलै यसबाट बच्नुपर्छ । एकअर्काको भावना र इच्छालाई सम्मान गरेर उनीहरुले यी सबै कुरा पाउन सक्छन् ।

–श्रीमती जीवनमा केही बन्न चाहन्छिन् वा हासिल गर्न चाहन्छिन्, त्यो गलत होइन । यो उनको हक हो । यद्यपी श्रीमतीले यो कुरा बुझ्नुपर्छ कि उनी के प्राप्त गर्न चाहन्छिन् ? त्यसले उनमा के हासिल हुन्छ ? श्रीमान्को भावनालाई ठेस लगाएर प्राप्त गरिने यस्ता कुराले जीवनमा के अर्थ राख्छ ?

– श्रीमानको प्रोत्सहान र प्रशंसाले श्रीमतीको प्रतिभा निखारिन्छ । उनको मनासय श्रीमतीलाई होच्याउने होइन ।

– श्रीमती प्रतिभाशाली छिन्, सार्वजनिक जीवन व्यतित गरिरहेकी छिन् भने यही कारणले श्रीमान्लाई हीनताबोध चाहि हुनुहुँदैन ।

साभार- अनलाईन खबर

Discussion about this post

Related Posts

विजय कुमार साह श्री राम युवा कमिटीको अध्यक्ष पदमा निर्वाचित

विजय कुमार साह श्री राम युवा कमिटीको अध्यक्ष पदमा निर्वाचित

मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

टर्की र इजिप्टमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेशमा रोक

टर्की र इजिप्टमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेशमा रोक

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!