एजेन्सी।भारतीय अलराउन्डर क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिने निर्णय गरेका छन् ।पञ्जाब क्रिकेट संघ (पीसीए)को आग्रहपछि सिंहले सन्यास फिर्ता लिने निर्णय गरेका हुन् ।सिंहले गत बर्ष जुनमा क्रिकेटका सबै खाले प्रतियोगिताबाट सन्यासको घोषणा गरेका थिए ।सन्यासपछि उनी विदेशी लिग खेल्नका लागि गएका थिए । यसैकारण उनले आईपीएल खेल्न पाएका थिएनन् ।
अब पञ्जावका लागि खेल्ने मनसाय बनाएको युवराजले बताएका छन् । युवराजले हालै पञ्जावका युवा क्रिकेटहरूलाई अभ्यासमा सहायता पनि गरेका थिए ।
पीसीएका सचिव पुनीत बालीले पञ्जाब क्रिकेटको फाईदाका लागि ३८ बर्षका युवराजलाई सन्यास फिर्ता लिन अनुरोध गरेका थिए ।
सचिव बालीका अनुसार सिंहले सन्यास फिर्ताबारे बीसीसीआईका अध्यक्ष सौरव गांगुलीलाई पनि पत्र लेखेका छन् ।
Discussion about this post