काठमाडौँ । मध्यपुर थिमि नगरपालिका-९ निकोसेरामा एकै परिवारका ३ जना मृत फेला परेका छन् ।
३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।
प्रहरीले एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको बताएको छ । घटनाको विषयमा विस्तृत जानकारी आइसकेको छैन ।
हामीले अनुसन्धान थालेका छौं ,घटनाको यथार्थ पत्ता लगाएर सार्वजनिक गर्नेछौं,’ भक्तपुर प्रहरी पसिरसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले भन्नुभयो ।
मृतकका भाइ सुनिल अधिकारी घरमा पुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ ।
प्रत्यक्ष दर्शीका अनुसार हत्या केही दिन पहिले भएको जस्तो देखिन्छ । घटना कहिले भएको र कसले गरेको भन्ने अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाए लगत्तै भक्तपुर प्रहरी पसिरसरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक दीपक थापा घटनास्थलमा पुग्नुभएको छ ।
Discussion about this post