जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ४८ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या ११ हजार ७ सय १३ जना पुगेको छ ।
आज पछिल्लो २४ घण्टामा प्रदेश २ मा आज सबैभन्दा बढी सबभन्दा बढी सिरहामा २२ जना रहेका छ्न।जसमा सिरहा कारागारका १९ जना र लहान नगरपालिका ९ र १० का ३ जना रहेका छ्न। त्यस्तै यस्तै बारा र पर्सामा १/१ जना, सर्लाहीमा ५ जना, रौतहटमा ६ जना र सप्तरीमा १३ जना कोरोना संक्रमित थपिएका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जनकपुरधाम बस्दै आएका महोत्तरीको बथनाहा टोलका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या यस प्रदेशमा १०८ पुगेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३९ जना, बारामा १६, धनुषामा १३, महोत्तरीमा १२, सिरहामा १०, सप्तरीमा ८, रौतहटमा ५, सर्लाहीमा ४ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
Discussion about this post