जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १२६ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या ११ हजार ६;सय ६५ जना पुगेको छ ।
आज पछिल्लो २४ घण्टामा प्रदेश २ मा आज सबैभन्दा बढी सर्लाहीमा ४२ जना, धनुषामा २२, सिरहामा २१, बारामा १५, सप्तरीमा १५, पर्सामा ९ र रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएका संक्रमितमा २४ महिला र १ सय २ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारामा २०८, पर्सामा ८६, धनुषामा ८, सप्तरीमा ३ र सिरहामा १ जना संक्रमित निको भएर घर फर्केका छन् ।यस सँगै कोरोनाबाट निको हुनेको संख्या ६ हजार २४७ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट धनुषामा एकजनाको मृत्यु भएको छ ।यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या यस प्रदेशमा १०७ पुगेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३९ जना, बारामा १६, धनुषामा १३, महोत्तरीमा ११, सिरहामा १०, सप्तरीमा ८, रौतहटमा ५, सर्लाहीमा ४ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
Discussion about this post