एजेन्सी । तेलगुका अभिनेता जयप्रकाश रेड्डीको ७४ बर्षको उमेरमा मंगलबार निधन भएको छ । बिहान आन्ध्र प्रदेशको गुंटुरस्थित आफ्नै घरमा हृ’दयाघातका कारण निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
रिपोर्टका अनुसार जयप्रकाश रेड्डी पहिले शिक्षक थिए र उनलाई सानै उमेरमा अभिनयको सोख थियो । त्यसैले उनी गुंटुरमा स्टेज नाटक पनि खेल्थे । रेड्डी हाँस्यका साथै खलनायकको भूमिकाबाट चर्चित छन् । उनले पहिलोपटक सन १९८८ मा ब्रह्मा पुत्रुडु नाम चलचित्रमा अभिनय गरेका थिए ।
रेड्डी हाँस्यका साथै खलनायकको भूमिकाबाट चर्चित छन् । उनले पहिलोपटक सन १९८८ मा ब्रह्मा पुत्रुडु नाम चलचित्रमा अभिनय गरेका थिए ।
उनले चित्रम भालारे विचित्राम, जाम्बा लाकिडी पम्बा, प्रेमेन्चुकुण्डम रा, समरसिंहा रेड्डी, अवुनू वल्लीदरु इस्त पाद्दारु, पल्लति ब्राह्मणयुदु, अमर अकबर एन्थोनी, नेला टिकट, जम्बा लाकिडी पम्बा नामका धेरै चलचित्रहरूमा अभिनय गरेका छन् ।
उनको निधनमा आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले दुःख व्यक्त गरेका छन्। उनी तेलगु फिल्मका दिग्गज कलाकार रहेको भन्दै नायडुले रेड्डीको निधनले तेलगु फिल्ममा अपुरणीय क्षति पुगेको जनाएका छन्। रेड्डीको निधनप्रति थुप्रै सुपरस्टारहरुले श्रद्धाञ्जली दिएका छन् ।
तेलुगु फिल्मकी स्टार अभिनेत्री रकुल प्रित सिंह, अभिनेता जुनियर एनटिआर, महेश बाबु, प्रकाश राज, रवि तेजा, काजल अग्रवाल, एसएस राजामौली, दग्गुबती वेंकटेश, राम पोथिनेनी, प्रणिता सुवास, रितेश देशमुख, लगायतले रेड्डीप्रति श्रद्धाञ्जली दिएका छन ।
Discussion about this post