सप्तरी । जिल्ला सुरक्षा समितिको सोमवार वसेको वैठकले सप्तरीको राजविराज नगरपालिकामा भदौ २९ गते राती १२ वजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सुचना अधिकारी आनन्द ठाकुर अनुसार राजविराज क्षेत्रमा अत्यावस्यक सेवा अन्तर्गतका खाद्यान्न, तरकारी र फलफूलका पसलहरु समेत विहान ५ वजेदेखि १० वजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ भने राजविराज नगरपालिका वाहेकका क्षेत्रमा सर्तसहित केहि सेवाहरु सञ्चालन गर्न पाउने निर्णय भएको छ।
Discussion about this post