जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १२१ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या ११ हजार २ सय ६१ जना पुगेको छ ।
आज पछिल्लो २४ घण्टामा प्रदेश २ मा सबभन्दा बढी सिरहामा ५६ जना, धनुषामा ४२ जना, सर्लाहीमा २० जना, महोत्तरीमा २ जना र पर्सामा १ जनामा कोरोना संक्रमित थपिएका छ्न।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट ५ जनाको मृत्यु भएको छ।सर्लाहीका २ जना, सिरहाका २ जना र पर्साका १ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ। यो सँगै यस प्रदेशमा मृत्यू हुनेको संख्या १०६ पुगेको मन्त्रालयले जनाएको छ ।जसमा १६ जना महिला र ९० जना पुरुष रहेका छ्न।
हेर्नुहोस विवरण
Discussion about this post