जनकपुरधाम ।सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ निवासी ६२ वर्षीय कोरोना संक्रमित पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाम मृत्यु भएको छ ।
उनको आइतबार राति ८ बजेतिर मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या भएपछि आइतबार दिउँसो ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तत्कालै आकस्मिक कक्षमा राखी स्वाब संकलन गरेर उपचार शुरु गरिएको पुरुषको आइतबार राति मृत्यु भएको हो । मृत्यु हुनुअघि साँझ ५ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको झाले बताएका छन।ती पुरुष मधुमेह र निमोनियाबाट ग्रसित थिए ।ईलाका प्रहरी कार्यालय मिर्चैयाको उत्तरपट्टीको घरमै उनले ग्यासलगायतका व्यपार संचालन गर्दै आएका थिए।
योसहित सिरहामा करोनाबाट मृत्यु हुनेको सख्या ९ पुगेको छ। मिर्चैया नगरपालिकामा मात्र ३ जनाले करोनाबाट ज्यान गुमाएका छन्।
Discussion about this post