सर्लाही ।सर्लाहीमा आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाई पसलहरु १० देखि ५ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार निषेधाज्ञा खुल्ला गरे पनि होटेल तथा मदिरा पसलहरु संचालनमा र हाट बजार तथा मेला आयोजनमा पूूर्ण रुपमा रोक लगाइएको छ ।
उपभोग्य सामाग्री बिक्री गर्ने पसलहरु प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ भने संघ संस्था, कार्यालय, वित्तिय संस्थाहरु पालो मिलाएर संचालनमा गर्न सकिनेछ।
Discussion about this post