काठमाडौ । रातो मत्स्येन्द्रनाथको रथ खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा र झडप नियन्त्रणमा खटिएका १८ जना गरि जम्मा ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
Discussion about this post