जनकपुरधाम।स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १६९ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १० हजार ९ सय ७७ जना पुगेको छ ।
आज सबैभन्दा बढी महोत्तरीमा ४३ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै सप्तरीमा ३५, धनुषामा ३४, पर्सामा २६, बारामा १९, सिरहामा १०, सर्लाही र रौतहटमा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमा ३७ जना महिला र १ सय ३२ जना पुरुष रहेका छन् ।
महोत्तरीको जलेश्वर नगरपालिकामा ९ जना, भंगहा नगरपालिकामा २४, सम्सी गाउँपालिकामा १, पिगौनामा १, पिपरामा १, लोहारपट्टी नगरपालिकामा ५, महोत्तरी गाउँपालिका र औरहीमा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सप्तरीको भिमदलमा ८, महादेवा गाउँपालिकामा २, तिरहुत गाउँपालिकामा ३, अग्निसाइर कृष्णसावरन गाउँपालिकामा १, जिल्ला प्रहरी कार्यालयमा २, कारागारमा ६ जना र राजविराज नगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषाको जनकपुरधाममा १, शहिदनगर नगरपालिकामा १, प्रादेशिक अस्पतालमा रहेका जनकपुरधामका ३, बैलबासका १ जना, जनकपुरधाम घर भई नगराईन नगरपालिमा रहेका १, स्वास्थ्य कार्यालयका १, धनुषाधाम नगरपालिकाका १, गणेशमान चारनाथ नगरपालिकाका १, क्षीरेश्वरनाथ नगरपालिकामा १, नगराईन नगरपालिकामा २२ र विशाखापटनम घर भई हाल महेन्द्रनगरमा रहेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्साको वीरगंजमा ५, आदर्शनगरमा २, पानीटंकीमा १, भिस्वामा १, पिपरामा २, मनियारीमा २, घडिअर्वामा १, कालिकामाई गाउँपालिकामा ३, सखुवा प्रसौनी गाउँपालिकामा ३, पटेर्वा सुगौली गाउँपालिकाका १, नाबिल बैँकका कार्यरत्त ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बाराको कलैया उपमहानगरपालिकामा ४, नीजगढ नगरपालिकामा ५, कामना विकास बैँकमा १, ईलाका प्रहरी कार्यालय नीजगढमा ५, एपिएफ पिलुवा निजगढमा २ र कलैया उपमहानगरपालिकाको बेहारामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिरहाको श्री गण चोहर्वा ब्यारेकमा ७ र ठाउँ नखुलेको स्थानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सर्लाहीको ईश्वरपुर नगरपालिका तथा रौतहटको चन्द्रपुर नगरपालिकामा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।
त्यस्तै आज १६ महिला सहित ४ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन् । यससँगै निको हुनेको संख्या ५ हजार ३ सय ३ पुगेको छ ।
कोरोना संक्रमणबाट आज यस प्रदेशमा २ जनाको मृत्यु भएको छ । भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनम घर भई धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ रमदैयामा बस्दै आएका ६२ वर्षीय पुरुष र सप्तरीको राजविराज नगरपालिका वडा नं. ७ का ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यस सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ । हालसम्म सबैभन्दा बढी पर्सामा ३६, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरीमा ८ , सिरहामा ८, रौतहटमा ५, सर्लाहीमा ३ र एक भारतीय नागरीकको मृत्यु भएको छ ।
Discussion about this post