जनकपुरधाम । विगत लामो समयदेखि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फोर्मुलेशन प्रालिमा कार्यरत ६५ वर्षीय पुरुषको मृत्यूपछि कोरोना पुष्टि भएको छ । कम्पनीको निवासमा बुधवार मृत फेला परेका थिए। भारतको आन्ध्र प्रदेश घर भएका उनी करिव चार वर्ष देखि कम्पनीमा काम गर्दै आएका थिए ।
उनमा दुईचार दिन अगाडी देखि ज्वरो र खोकी लाग्ने समस्या देखिएको थियो । कम्पनीले कोरोनाको लक्षण देखिएको उनको मृत्यू भएको जानकारी प्रशासनलाई गराए । त्यसपछि उनको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उनको शव श्री श्रीनाथ गण महेन्द्रनगरबाट खटेको सेनाको व्यवस्थापन टोलीले विहिवार नै क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ९ इच्छापुर स्थित जल्लाद खोलाको किनारामा व्यवस्थापन गरेको छ ।
Discussion about this post