धनुषा । गणेशमान चारनाथ नगरपालिकाकी १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।बाख्रा चराउन गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ ।
भदौँ १५ गते सोमबार बिहान ९ बजे घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको फूलबारीमा बाख्रा चराउन गएकी उनलाई घर फर्किने क्रममा मास्क लगाएर आएका एक युवकले झाडीमा लगेर बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ बहादुर कार्कीले जानकारी दिए ।
इन्सपेक्टर कार्कीले भने,‘ति बालिका घर जाने क्रममा बाटोमा अन्य दुईजना युवकले उनीसँग बोलेका थिए । उनीहरु गईसकेपछि अर्का एकजना युवकले त्यसको केही समय पछि नै पछाडीबाट उनलाई जबरजस्ती तानेर झाडीमा लगी जबरजस्ती करणी गरेका थिए ।’
पीडित पक्षले घटनाबारे ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ३ जना युवकलाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।
Discussion about this post