एजेन्सी । भारतले पब्जीसहित थप ११८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।भारतको इलेक्ट्रोनिक्स एन्ड आइटी मन्त्रालयले बुधबार ती एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।
यसअघि भारतले टिकटकसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो।ती चिनियाँ एपहरूले प्रयोगकर्ताको डाटा दुरूपयोग गरेको विभिन्न ठाउँबाट धेरै गुनासा आएको मन्त्रालयले जनाएको छ।
Discussion about this post