जनकपुरधाम।स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप २५० जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १० हजार ५ सय ५६ जना पुगेको छ ।
आज सबैभन्दा बढी धनुषामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बारामा ५२, सर्लाहीमा ५१, महोत्तरीमा २९, रौतहटमा १८, सप्तरीमा १५, पर्सामा १४, र सिरहामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणबाट आज बाराको सिमरौनगढ नगरपालिका वडा नं. ९ का ९७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै आज ३ महिला र ८० पुरुष सहित ८३ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन् ।
यस सँगै कोरोनाबाट निको हुनेको संख्या ५ हजार ७१ पुगेको छ । हाल यस प्रदेशमा ५ हजार ३ सय ९० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ५० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
धनुषाको जनकपुरधाममा १२ जना, पौडेश्वरमा १, लक्ष्मीनियाँ गाउँपालिकामा ३, मेगा बैँकमा कार्यरत्त लक्ष्मीनियाँकै १, वटेश्वर गाउँपालिकाका ९, शहिदनगर नगरपालिकामा १, मिथिला नगरपालिकामा ४, मिथिला विहारी नगरपालिकामा १, फुलगामामा १, गणेशमान चारनाथ नगरपालिका विरेन्द्रबजारमा ३, धनुषाधाम नगरपालिकामा १, छिरेश्वरनाथ नगरपालिकामा १, कृष्णपुरमा १, नेपाल बैँक लिमिटेडका २, कुम्हरौडामा १, एपिफ धनुषाका २, धनौजी गाउँपालिकाका १, समाज विकासका १, कपिलेश्वरका १, जनकपुर घर भई संघिय आायेजनामा स्वाब संकलन भएका २, काव्या अस्पतालका १, प्रादेशिक अस्पतालका ३, काठमाडौँको पिपिएचएलमा स्वाब संकलन भएका १ र ठाउँ नखुलेको स्थानका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बाराको कलैया उपमहानगरपालिकामा ४७ जना, कलैया उपमहानगरकै १२ नं। गणका ३ जना, वडा नं। ७ का १ जना र सिम्रौनगढ नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिकामा ३९ जना, चन्द्रनगर गाउँपालिकामा ५, गोडैता नगरपालिका र धनकौल गाउँपालिकामा २÷२, विपिकेएमसिएच, बलरा नगरपालिका र कविलासी नगरपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा २, सम्सी गाउँपालिकामा ४, मनरा सिसवा नगरपालिकामा १७, सोनामा गाउँपालिका घर भई प्रादेशिक अस्पतालमा रहेका १, गौशाला नगरपालिकामा ३, खैरवनीका सशस्त्र प्रहरीमा १ र खैरवनीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटको माधव नारायण नगरपालिकामा ३, दुर्गा भगवती गाउँपालिकामा ४, परोहा नगरपालिकामा ५, बृन्दावन नगरपालिकामा ५ र चन्द्रपुर नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सप्तरीको कञ्चनरुप नगरपालिकामा १०, तिलाठी कोईलाडी गाउँपालिकामा ४, राजविराज नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्साको वीरगंजमा ४ जना, बहुदरमाई नगरपालिकामा ७, बहुदरमाई नगरपालिकाको ग्लोबल आईएमई बैँकका १, कालिकामाई गाउँपालिका हरिहरपुरका १ र ठाउँ नखुलेको स्थानका १ जनामा संक्रमण पुष्टि भएको छ भने सिरहाको गोलबजार नगरपालिकामा ५, माडरमा १, औरही गाउँपालिकामा १, बनैपुरमा १, विष्णुपुर गाउँपालिकामा २, गौरीपुरमा १, सखुपुरमा १, सिकरौनमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post