जनकपुरधाम।स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ८८ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १० हजार ३ सय ६ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार मंगलवार धनुषामा २९, महोत्तरीमा ११, सिरहामा १, बारामा ८, पर्सामा १८, सर्लाहीमा १६, सप्तरीमा १ र रौतहटमा ३ जना संक्रमित थपिएका छ्न भने ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार मृत्यु हुनेमा पर्साको बीरगगञ्ज महानगरपालिका—२० का ५३ वर्षीय पुरुष, पर्साकै अन्दाजी ६० वर्षीय घरबारबिहीन पुरुष, बाराको कोल्हवी नगरपालिकाका एकजना र सिरहाको मिर्चैया नगरपालिका—६ का ६५ वर्षीय पुरुष रहेका छन् ।
हेर्नुहोस विवरण

Discussion about this post