सप्तरी । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले चौथो पटक भदौ २३ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ।
तेस्राे चरणमा भदौ २ देखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपिएको थियो भने चौथो पटक भदौ २३ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा तीन घण्टा लामो छलफलपछि निषेधाज्ञा थप्ने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनुभएको छ । यस अवधिमा अत्यावश्यक सामग्रीका पसल बिहान १० बजेसम्म खोल्न दिइनेछ ।
बैठकले सप्तरीको राजविराज र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै निषेधाज्ञा अवधिमा यी तीन वटै पालिकामा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।सप्तरीमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ८०६ पुगेको छ ।
Discussion about this post