सिरहा । सिरहाको मिर्चैया नगरपालिका–६ निवासी ६५ वर्षीय कोरोना संक्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।
एक हप्ता अगाडि अस्पतालमा भर्ना भएका पुरुषको उपचारकै क्रममा सोमबार राति ९ बजेतिर मृत्यु भएको हो । आइसियूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।उनी उच्च रक्तचाप र मधुमेहका विरामी समेत थिए ।
भदौ ८ गते स्वाब संकलन गरी परीक्षण गर्दा १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका विरामीसमेत थिए ।योसँगै सिरहामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
Discussion about this post