सिरहा । कोरोना संक्रमण बढ्दै गएपछि सिरहा जिल्लामा जारी निषेधाज्ञा राति १२ बजे देखि भदौ २७ गते राति १२ बजे सम्मको लागि निषेधाज्ञा थप गरिएको छ ।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको प्र . जि . अ . कणेलले बताएका छ्न । अबको निषेधाज्ञाको अवधिमा अत्यावश्यक खाधान्न , ग्यास तरकारी , फलफूल मासु जस्ता सेवा प्रदान गर्ने पसलहरु बिहान ५ बजे देखि ९ बजेसम्म खोल्न पाइने भएको छ ।
त्यस्तै बैक तथा वितिय संस्था हरु बिहान १० बजे देखि दिउँसो १ बजे सम्म संचालन गर्ने , सरकारी सार्वजनिक तथा गैर सरकारी क्षेत्र का कार्यालय हरुले आन्तरिक कार्य सम्पादन गर्ने तथा पदाधिकारी वा कर्मचारी हरुले सम्बन्धित निकाय बाट जारी अधिकारीक परिचयपत्र देखाइ बिहान ९ बजे देखि १०:३० बजे सम्म र साझ कार्यालय समय को आधा घण्टा पहिले र आधा घण्टा पछि सम्म आवतजावत गर्न पाइने छ।
निषेधाज्ञा अबधि भर हरेक स्थानीय तह मा साविक का मा हाटबजार लाग्ने दिन हरुमा अत्यावश्यक वाहेकका कुनै पनि पसलहरु नखोल्ने तथा अति आबश्यक पसल हरु वाहेक का ले बिहान ८ बजे देखि बिहान ११ बजे सम्म विक्रेता ले अनिवार्य मास्क , पन्जा तथा विक्री स्थल मा विक्री गर्ने दुरी कम्ती मा २ मिटर कायम गरि आलो पालो विक्री गर्ने व्यवस्था भएको हुनुपर्ने , क्रेताले अनिवार्य रूपमा मास्क लगाए को भएमा मात्र खरिद विक्री गर्न स्थान मा प्रवेश गर्न दिने तथा विक्री स्थल अगाडि हाथ धुने साबुन , पानी र स्यानिटाइजर को ब्यबस्था भएको हुने शर्त मा बिहान ८ बजे देखि बिहान ११ बजे सम्म संचालन गर्न पाइने छ।
सिरहामा कोरोना संक्रमणबाट ७ जनाको दु:खद निधन भइसकेको छ ।
हेर्नुहोस विज्ञप्ती

Discussion about this post