महोत्तरी । महोत्तरीमा जारी निषेधाज्ञालाई आज राति १२ बजे देखि भदौ २२ गते राति १२ बजे सम्मको लागि पुनः थप गरिएको छ ।कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएकोले
निषेधाज्ञाको समय १ हप्ता पुनः थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् । त्यस्तै अबको निषेधाज्ञाको अवधिमा अत्यावश्यक पसलहरु बिहान ५ बजे देखि ११ बजेसम्म खोल्न पाइने भएको छ ।
प्रशासनले यस निषेधाज्ञाको अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने समेत बताइएको छ ।
महोत्तरीमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Discussion about this post