nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पोखरीमा डुबेको ७ घण्टापछि जिवित्तै निस्केकी बालिकाको दर्शन गर्न उर्लियो भिड

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १५, २०७७, २:५८ मध्यान्ह
पोखरीमा डुबेको ७ घण्टापछि जिवित्तै निस्केकी बालिकाको दर्शन गर्न उर्लियो भिड

अन्नपूर्ण पोस्टबाट ।प्राचीनकालका राजा ठाकुर बाबा नुहाउने भनिएको बडकी (ठूलो) पोखरीछेउ निर्मित मन्दिरमा सप्तरी र सिरहाका गाउँबाट भीड उर्लिन थालेको छ । उनीहरू देवीस्वरूप मानेर ती बालिकालाई ढोग्छन् । सबैले गच्छेअनुसार पैसा चढाउँछन् ।

बालिकाका आफन्तले जिम्मेवारी बाँडफाँट गरेका छन् । जसअनुसार दर्शनार्थीलाई प्रसाद वितरणको जिम्मा सिरहाको महेशपुरबाट आएकी फुपू सागैरदेवीले पाएकी छन् । भीड कम भएका बेला दिउँसो १–२ बजे बालिकालाई घर पु-याएर खाना खुवाइन्छ । पुनः नुहाएर कपडा फेराई बेलुका ७ बजेसम्म मन्दिरमै राखिन्छ ।

कोरोना भाइरस फैलिएका बेला राजविराजबाट ३५ किलोमिटर दूरीमा रहेको रौतहट गाउँमा तीन दिनदेखि यही प्रक्रिया चलिरहेको छ। स्थानीय परशुराम महरानले बालिकाको दर्शन गर्न दर्जनौं गाउँबाट सयौं संख्यामा दर्शनार्थी आउने क्रम बढिरहेको बताए । सहभागी केहीले मात्र मास्क लगाएका छन् ।

गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जनभावनालाई कदर गरी दैवी शक्तिमाथि विश्वास गर्दै पूजा गर्न दिइएको बताए । भीडलाई व्यवस्थित गर्न सहयोग गरिरहेको उनको भनाइ छ । बढ्दो भीड कोरोना ‘बम’ बन्ने जोखिम देखिएको सशस्त्रका इन्स्पेक्टर लाल खड्काको चिन्ता छ ।

उनका अनुसार जनप्रतिनिधिले अवरोध नगर्न भनेकाले भौतिक दूरी बनाएर दर्शन गर्न आग्रह मात्र गरिएको छ । पुजारी लुचाई दासले दुई साताअघि देखेको सपनाअनुसार बुधबार मन्दिर परिसरमा भण्डारा (भोज) गर्न लागिएको स्थानीय दिनेश्वर यादवले बताए । उनका अनुसार भोजका लागि गाउँबाट दाल, चामल, आलु संकलन सुरु गरिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि लगाएको निषेधाज्ञा मिच्दै भएको भेलाबाट स्थानीय प्रशासन भने चिन्तित छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मास्क लगाउन र दूरी कायम गर्न प्रहरी खटाउनुपर्ने अवस्था चिन्ताजनक रहेको बताए । निषेधाज्ञा कार्यान्वयनमा सबैको प्रतिबद्धता र सहयोग चाहिने उनको भनाइ छ ।

मुनचुन एक दिन घाँस काटेर साथीहरूसँग घर फर्किंदै थिइन् । ‘कमलको फूल टिप्न पोखरीमा पसेकी उनी डुबेर बेपत्ता भएको ७ घण्टापछि जीवितै फर्किएको’ भनेर स्थानीय युवाले सामाजिक सञ्जालमा प्रचार गरे । त्यसपछि दैवी शक्तिको चमत्कार भन्दै दर्शन गर्न भीड बढेको हो ।

मुनचुन बिहीबार साँझ ५ बजे फूल टिप्न पोखरीमा गएकी थिइन् । केही बेरपछि फर्केर हेर्दा नदेख्दा उनी डुबेको अनुमान लगाउँदै साथीहरूले गाउँलेलाई खबर गरे । घटनास्थल पुगेको प्रहरी चौकी रामनगर कोदरकट्टीका असइ रामविनय सिंह र बोर्डर आउट पोस्ट रामनगरका इन्स्पेक्टर लाल खड्काको टोलीले गाउँलेलाई पोखरीभित्र ३ घण्टा खोज्न लगाउँदा पनि बालिका भेटिइनन् । त्यसपछि बिहान गोताखोर ल्याएर खोजी गर्ने सल्लाहबमोजिम फर्किएको असइ सिंहले बताए ।

गाउँले पनि घर फर्किए तर परिवारका सदस्य भाकल गरेर मन्दिरमै बसे । मध्यरात १२ः२० बजे ‘ममी, ममी’ भनेको आवाज सुनियो । मोटरसाइकलको प्रकाशमा पोखरी किनारको रुखमुनि बालिकालाई रोइरहेको फेला पारिएको उनकी आमा पुनिताले बताइन् । डुब्दै गरेको र पोखरीबाट निक्लिँदै गरेको भने कसैले देखेनन् ।

बालिकाले एकपछि अर्को सुन्दर फूलतर्फ आकर्षित हुँदै भित्र पुगेको तर त्यहाँ पानी नरहेको बताइन् । पोखरीभित्र फेला परेका बाबाले ३–४ दिन यतै बस्नु भने पनि आफू रोइकराइ बिन्ती गरेपछि बाहिर आइपुगेको बालिकाले बताइन् । यो सुनेपछि सबैले चमत्कार मान्दै दैवीशक्ति भनेर पूजा सुरु गरे ।

सिरहाको भगवानपुर— १ सिनुरियाबाट दुई सयभन्दा बढीले दर्शन गरेर फर्किएको फेकनीदेबी मण्डलले बताइन् । सामाजिक सञ्जालमा भाइरल भिडियो देखेर आएको अधिकांशको भनाइ छ। पूर्वसिँचाइमन्त्री उमेशकुमार यादव र प्रदेशसभा सदस्य गोविन्द न्यौपाने पनि त्यहाँ पुगे । उनीहरूले पुराताŒिवक अध्ययन अनुसन्धानका साथै ऐतिहासिक सम्पदाको संरक्षणमा जोड दिए ।

राजा ठाकुरबाबा नुहाउने २२ बिघाको बडकी पोखरीको शक्तिबारे अनेकौं किंवदन्ती सुनाउँदै वडाध्यक्ष सूर्यकुमार दासले दैवी शक्तिका कारण बालिका ७ घण्टापछि बाहिरिएको दाबी गरे ।

चिकित्सकले भने यो अन्धविश्वास र भ्रम भएको तर्क गरेका छन् । सोझा जनताको ध्यान मोडेर लाभ लिन मनगढन्ते कथा बनाउने गरिएको डा। सरोज यादवको भनाइ छ । उनका अनुसार अक्सिजनबिना तीन मिनेट पनि बाँच्न सकिँदैन ।

राजविराजस्थित कृष्ण मन्दिरका पुजारी रत्नेश्वर झाले पनि सामाजिक सञ्जालमा आउने र समाजमा फैलिएका सबै कुरा सत्य नहुने बताए । ‘शुद्ध मनले पूजापाठ गर्दा पुण्य अवश्य पाइन्छ । तर, पानीमा सात घण्टासम्म डुबेर बाँचेको कहिले सुनिएको छैन’, उनले भने, ‘यसरी हल्लाको पछाडि लाग्नु ठीक होइन ।

विद्यालय पाठ्यक्रममा विज्ञान विषयले कक्षा १ देखि नै प्रवेश पाए पनि अवैज्ञानिक मान्यता हट्न नसकेको शिक्षक एवम् साहित्यकार नन्दलाल आचार्यको भनाइ छ । – अन्नपूर्ण पोस्टबाट

Tags: सप्तरी

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!