सिरहा।सिरहाको लहान नगरपालिकामा पर्ने भदैयाका ८४ बर्षीय वृद्धको कोरोना संक्रमण बाट धरानमा शुक्रवार राति मृत्यू भएको छ ।
अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि उनका परिवारले भदौ ६ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गराएका थिए। कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
शुक्रवार राति ११ बजेर २० मिनेटमा वृद्धको मृत्यू भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार मृतकमा मिर्गौला सम्बन्धी पुरानो समस्या रहेको जनाएको छ ।
Discussion about this post