जनकपुरधाम । धनुषाको १ जना पुरूषमा मृत्युपछि कोरोना पुष्टि भएको छ ।उपचारका लागि प्रादेशिक अस्पतालमा आएका एक जना पुरुषको कोरोनाका सङ्क्रमणका कारणले मृत्यु भएको छ ।
मुखियापट्टी मुसरनियाँका ४५ वर्षीय पुरूषलाई ज्वरो, रुघाकोकी तथा श्वास प्रश्वासको समस्या आएपछि बुधबार दिउँसो करिब २ बजेतिर प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो।अस्पताल भर्ना गरिएको दुई घण्टामै उनको मृत्यु भएको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ड डा. जामुन प्रसाद सिंहले जानकारी दिए ।
उनका अनुसार कोरोनाको शंकास्पद बिरामी देखिएका उनको मृत्युपछि स्वाब परीक्षणका लागि लिइएकोमा आज आएको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । मृतक पुरूष क्षयरोग र मधुमेह रोगका बिरामी थिए ।
यो सँगै धनुषामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ भने प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।














Discussion about this post