महोत्तरी । महोत्तरीमा पुन: ५ दिनको लागि निषेधाज्ञा थप गरिएको छ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार अब निषेधाज्ञा भदौ १५ गते सम्मको लागि लम्ब्याईएको छ ।
कोरोना संक्रमण बढदै गएपछि महोत्तरीमा भदौ १ गते राति देखि १० दिनको लागि जिल्ला भर निषेधाज्ञा जारी गरिएको थियो ।अब निषेधाज्ञा भदौ १० गते राती १२:०० बजे देखि भदौ १५ गते राती १२:०० बजे सम्म लाई थप गरिएको छ।
यस अवधिमा अति आवश्यक व्यापार व्यवसाय सञ्चालनको लागि बिहान ६ बजे देखि ९ बजे सम्म सुरक्षा सतर्कता अपनाई सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।
यसका साथै शैक्षिक संस्था, सबै प्रकारको सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला लगायतमा पूर्ण रुपले निषेध गरिएको छ ।
यसको उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने जनाइएको छ ।
Discussion about this post