रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले पुनः एक साताका लागि निषेधाज्ञा थप गरेको छ।अब निषेधाज्ञा भदौ ७ सम्मको लागि लम्ब्याएको छ ।
कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञालाई भदौ ८ देखि १५ गते सम्म एक साता थपेको हो ।
निषेधाज्ञामा खाद्यान्न, निर्माण सामग्रीका पसल तथा बैंकहरु बिहान ७ देखि ११ बजे सम्म संचालनको छुट दिएको छ । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने शर्तमा सो सहुलियत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।













Discussion about this post