धनुषा।आज बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बठैकले धनुषामा जारी निषेधाज्ञा भदौ १४ गतेसम्म लाई लमब्याईएको छ।कोरोना भाइरसको संक्रमण बढदै गएकोले बढाएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।कोरोना भाइरसको संक्रमण बढदै गएकोले निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम जिल्ला भरि निषेधाज्ञा लगाउने निर्णय भएको उनले बताए । यसअघि जनकपुरधाममा १९ साउनदेखि २५ साउनसम्म र २६ साउनदेखि ३२ साउनसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
धनुषा अहिले संक्रमिती संख्या १२ सय ३१ पुगेको हो भन्ने अहिले सम्म १० जनाको मृत्यु भई सकेको छ । ४४० सक्रिय संक्रमित मध्ये ८० जना आइसोलेसनमा छ भन्ने ३६० होम आइसोलेसनमा रहेका छन् ।
Discussion about this post