जनकपुरधाम।स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप २ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या ८ हजार ३ सय २८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आज धनुषामा २९, महोत्तरीमा १७, सिरहामा २१, बारामा ३८, पर्सामा ७९, सर्लाहीमा ५०, रौतहटमा १२ र सप्तरीमा १९ जनामा संक्रमण पाइएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशाषक विजय झाले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा प्रदेश २ का ५ जनाको मृत्यू कोरोनाकै कारण भएको छ । मृत्यू हुनेहरुमा पर्साको वीरगंजमा ४८ वर्षीय र ७४ वर्षीय दुई पुरुष, बाराको कलैयामा ५९ वर्षीय पुरुष, धनुषाको नगराईन नगरपालिका ३ का ५० वर्षीय पुरुष र सर्लाहीको मलङ्गवा नगरपालिका ९ का ४० वर्षीय पुरुष रहेका छन् ।
Discussion about this post