जनकपुरधाम।हिन्दु धर्मावलम्बीहरुको महान चाड चौठचन्द्र तथा हरितालिका तीजको अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना दिएका छन् । उनले आज शुभकामना सन्देश जारी गरेर चौठचन्द्र र हरिचालिका तीजको अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका हुन् ।सुख, शान्ति तथा समृद्धिको कामना गरी मनाइने चौठचन्द्र एवं पतिको दिर्घायुको कामना गरी मनाइने हरितालिका तीजले प्रदेश तथा मुलुककै सुख, समृद्धि एवं शान्ति छाओस् भने कामना गरेका छन् ।
Discussion about this post