जनकपुरधाम।पछिल्लो २४ घण्टामा प्रदेश २ मा अहिलेसम्मकै सबैभन्दा बढी १८० कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ८ हजार ६३ पुगेको छ ।
राष्ट्रि जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १ सय ८० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
पछिल्लो २४ घण्टाभित्र पर्सामा ५२ जना, धनुषामा २९, सिराहामा २५, सर्लाहीमा २४, महोत्तरीमा १८, बारामा ७, रौतहटमा ६ र सप्तरीमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ८ जना कोरोना संक्रमित निको भई डिस्जार्च भएका छन् । सप्तरीका २०, सिराहाका ५, धनुषाका १३, महोत्तरीका १२, सर्लाहीका ४, रौतहटका २१ र पर्साका ३३ जना डिस्जार्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार ९ सय ८४ पुगेको छ ।
प्रदेशमा बिहीबारसम्म कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी पर्सामा २४, धनुषामा ९, बारामा ६, सप्तरीमा ४, रौतहटमा ३, महोत्तरी र सिरहामा दुई-दुई तथा सर्लाहीमा १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।हेर्नुहोस पुरा विवरण
Discussion about this post