जनकपुरधाम ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको अनुसार सोमबार सबभन्दा बढी बारा जिल्लामा १०६ जनामा,पर्सामा २७ , रौतहटमा १९, सर्लाहीमा १८, धनुषामा १७, महोत्तरीमा १४, सप्तरीमा ६ र सिरहा जिल्लामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार १७६ पुगेको छ ।
बाराको कलैया उपमहानगरपालिकामा ४ जना, नीजगढ नगरपालिकामा १, ईलाका प्रहरी कार्यालय निजगढमा १, एपिएफ नीजगढमा २, जीतपुर सिमरामा २, महागढीमाई नगरपालिकामा १, स्वास्थ्य शाखा बारामा २९ र ठाउँ नखुलेको स्थानका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्साको वीरगंजमा १८ जना, वीरगंज भंसारमा २, सखुवा प्रसौनी गाउँपालिकामा ३ र ठाउँ नखुलेको स्थानका ४ जनामा संक्रमण पुष्टि भएको हो ।
रौतहटको कटहरिया नगरपालिकामा १, गरुडा नगरपालिकामा १, गौर नगरपालिकामा १, राजदेवि नगरपालिकामा ३ र ठाउँ नखुलेको स्थानका १३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिकाका २, लालबन्दी घर भई प्रादेशिक अस्पतालमा रहेका १, खानेपानी तथा सरसफाई डिभिजन मलङ्गवाका १, बरहथवा नगरपालिकाका ११, हरिपुर नगरपालिकाका १ र ठाउँ नखुलेको स्थानका २ जनामा संक्रमण पुष्टि भएको हो ।
धनुषाको जनकपुरधाममा ५, आनन्दनगरमा १, जनकपुर ओपिडिमा १, धनुषा घर भई हाल काठमाडौँ रहेका १, धनौजी गाउँपालिकाका २, मिथिला नगरपालिकाका ४, जिल्ला अदालत धनुषाका १ र जनकपुरधामको गोपाल धर्मशालाको क्वारेन्टिनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिकामा ४, बर्दिबाँस नगरपालिकामा ७, पिपरामा १, परौलमा १ र ठाउँ नखुलेको स्थानका १ जनामा संक्रमण पुष्टि भएको छ । सप्तरीको राजविराज नगरपालिकामा १ र छिन्नमस्ता गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सिरहाको विष्णुपुर गाउँपालिकामा १, मिर्चैया नगरपालिकामा १ र जिल्ला अस्पतालमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशको विभिन्न अस्पताल तथा आइसोलेशनबाट उपचार पश्चात ५५ जना कोरोना निको भएर डिस्चार्ज भएको समेत निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले बताए ।कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । कोरोना संक्रमण बाट पर्सामा २१, धनुषामा ९, बारामा ६, रौतहटमा ३,सप्तरीमा ३, महोत्तरीमा २, सिरहामा २ र सर्लाहीमा १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।सोमबार मृत्यु भएका २ जनासंगै प्रदेश २ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
Discussion about this post