जनकपुरधाम ।धनुषामा फेरि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।धनौजी गाउँपालिका ३ का ६५ पुरुषको जनकपुर प्रादेशिक अस्पतालमा मृत्यू भएको छ ।
श्वासप्रश्वास, रुघाखोकी जस्ता समस्याले ग्रसित संक्रमित पुरुष साउन ३१ गते अस्पताल भर्ना भएको निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले जानकारी दिए । दमा रोगका बिरामी रहेका उनलाई श्वासप्रश्वास समस्या तथा रुघाखोकी लागेपछि साउन २६ गते पीसीआर चेक गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । पछि स्वास्थ्य अवस्था गम्भीर भएपछि प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार भइरहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो ।
नेपाली सेनाले शव व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । योसँगै प्रदेश २ मा कोरोनाबाट मृत्यू हुनेको संख्या ४६ पुगेको छ ।
Discussion about this post