जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर-४ का ५० वर्षीय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तर, यहाँबाट बिहीबार काठमाडौं रेफर गर्दा बाटोमै उनको मृत्यु भएको मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिएका छन।
योसँगै प्रदेश २ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।पर्सामा १९, धनुषामा ७, बारामा ६, सप्तरीमा ३ तथा महोत्तरीमा २, रौतहटमा २,सिराहामा २ जना र सर्लाहीमा १ जनाको कोरोना संक्रमणले मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Discussion about this post